काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल र नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधाराले संयुक्त रूपमा आयोजना गर्दै आएको मानव पुस्तकालयको पन्ध्रौं शृंखलामा मानव पुस्तकका रूपमा साहित्यकार, वरिष्ठ पत्रकार विजय चालिसे रहनुभएको थियो । मुक्तिनाथ दर्शन साहित्यसमाजका अध्यक्ष हरिभक्त सिग्देल ‘महेश’को सभापतित्वमा आयोजित कार्यक्रममा उक्त पुस्तकालयका अध्यक्ष विष्णुप्रसाद पन्त अतिथिका रूपमा रहनुभएको थियो ।
प्राडा.अर्जुनदेव भट्टको स्वागत मन्तव्य तथा सुचिता काफ्लेको सञ्चालन रहेको उक्त कार्यक्रममा साहित्यकारहरू विनोद दाहाल वत्स, वासुदेव गुरागाईं, रामचन्द्र दाहाल, केशव दाहाल, सुरेशचन्द्र घिमिरे, लालबहादुर भुजेल, दुर्गा अधिकारी ‘भमरकोटे’ शान्ता दाहाललगायतको उपस्थिति थियो । कार्यक्रममा केही कविहरूले आफ्ना रोचक सिर्जना वाचन गरेका थिए ।
कार्यक्रममा मानव पुस्तक कथाकार, साहित्यकार विजय चालिसेले आफ्नो जीवनका विविध पाटाहरूको चर्चा गर्दै साहित्यतर्फ बालसाहित्य तथा प्रौढसाहित्यबारे प्रकाश पार्नुभएको थियो । आफूले रचना गरेका विविधा र पुस्तकहरू बारे जानकारी दिँदै उहाँले आफ्नो लामो समयको पत्रकारिताको अनुभवसमेत सुनाउनुभयो । उहाँले हाल पत्रकारितामा समेत व्यापार प्रवेश भएको र तिनले ठूलठूला सञ्चारगृहहरूमा लगानी गर्ने गरेका हुँदा सानातिना सञ्चार संस्था र पत्रकारहरूलाई टिक्न अप्ठ्यारो परिरहेको छ भन्नुभयो ।
कार्यक्रममा साहित्यकार तथा वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहालले लेखकीय स्वतन्त्रता, प्रेसको तटस्थता, निष्पक्षता जस्ता विषयमा यथार्थपरक विश्लेषण गर्दै चालिसेको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा डा.परशुराम पौडेलले कथा साहित्यका विषयमा समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा निर्मलरमण पराजुली, पदम दाहाल, महेश रिजाल, तेजनाथ दंगाल, रामचन्द्र घिमिरे, सुरेश वैद्य, अच्युतप्रसाद पौडेल ‘चिन्तन’, पदम दाहाल, रामचन्द्र खनाल, उत्तम शर्मा, नीरा निरौला, सुन्दर खड्का, राजेन्द्र, भुवन शिवाकोटी ‘चौघरे’ युवराज भण्डारीलगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts