सामाजिक द्वन्द्व फैलाएर अनियमितता लुकाउने प्रयास हुँदैछ : सभापति लामिछाने

समाजको सद्भाव खल्बल्याउने मान्छेलाई सामाजिक सञ्जालबाटै बहिष्कार गरौँ

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताउनु भयो । उहाँले समाजको सद्भाव खल्बल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न आग्रह गर्नुभयो ।

उहाँले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गर्नुभयो । उहाँले कानूनी रुपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक अर्काको आस्था र विश्वासमा आँच आउेन कार्य नगर्न आग्रह गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘अहिले पनि कतिपय मानिसहरु प्रश्न सोध्नुहुन्छ, त्यो प्रश्नभित्र नियत बसेको हुन्छ । आजै मैले बोलेका कुरा जति बंग्याएर हालेपनि हुन्छ । बंग्याएर, टिंग्याएर, गलत हेडलाइन दिएर जुधाउने एउटा जाति र अर्को जातिलाई लडाउने अभिव्यक्ति दिने त्यस्ता मिडिया हेर्दा पनि नहेर्नुुस्, त्यस्ता सोसल मिडिया अकाउण्ट भएका मानिसहरु ब्लक गर्नुहोस् । समाजको सद्भाव खल्बल्याउने मान्छेहरु किन ब्लक नगर्ने ? समाज सद्भाव बोक्ने मान्छेलाई खोज्ने हो । फूल रोप्ने मान्छेलाई खोजि खोजि माया गरौँ, काँडाले घोच्ने मान्छेबाट टाढा बसौँ । हाम्रो दुश्मन, गरिबी र अशिक्षा हो । बेरोजगारी हो । यो साझा दुश्मन हो । आज जातिय सद्भाव भड्काउन पाइयो भने त भ्रष्टाचारका यत्रा काण्डहरु सामसुम, थामथुम, हुन्छन् भनेर त्यतातिर तपाईलाई आगो झोसिरहेका छन्, खबरदार । यो आगोमा म पेट्रोल मट्टितेल हाल्दिन । कानूनी रुपमा वर्जित काम गर्न पाइँदैन । कानूनी राज्यमा कानूनले जे भन्छ त्यसलाई मान्नुपर्छ । एक अर्काको आस्था र विश्वासमा आँच आउेन कार्य हामी कसैले गर्नु हुँदैन । सद्भाव खल्बल्याएर त्यसबाट राजनीतिको रोटी सेक्ने कुरा कसैले पनि गर्नु हुँदैन ।’

सभापति लामिछानेले सामाजिक सद्भाव खल्बल्याएर राजनीतिको राटी सेक्ने काम गर्न नहुने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज