रौतहट । बागमतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार साँझ फेला परेको सो लासको अहिलेसम्म पहिचान खुलेको छैन ।
गढीमाइ नगरपालिका-१ स्थित बागमती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परे पछि पोष्टमार्टमका लागि गौर अस्पताल लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव बागमती पुल नजिकैको झाडीमा फेला परेको हो । प्रहरीका अनुसार मृतकको पहिचानको लागि सूचना जारी गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts