मेलम्चीमा बाढी : विद्यालय भवन बगायो, जनजीवन प्रभावित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन बगाएको छ ।

बाढीले शुक्रबार राति विद्यालयको भवन बगाएको हो । बाढीले शुक्रबार बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर बगाएको थियो ।

ADVERTISEMENT

बाढीको जोखिम भएपछि स्कुल बन्द गरी डेस्क, बेन्चलगायत सामान बिहानै सारिएको थियो । सरसस्वती मावि सिन्धुपाल्चोकको पूरानो विद्यालय हो ।

बाढीले हेलम्बुका केही घरहरू पनि उच्च जोखिममा परेका छन् । यद्यिप, बाढीका कारण अवरुद्ध भएको मेलम्ची नगरपालिकाका विभिन्न स्थानका सडक भने सञ्चालनमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज