राधिकाको ‘माइती देशको घाउ’मा काव्य र मिनाको स्वर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सञ्चारकर्मी एवं गीतकार राधिका अधिकारीको नयाँ तीज गीत ‘माइती देशको घाउ’ सार्वजनिक भएको छ । काव्य आचार्य र मिना नेपालीको स्वर, दीपक शर्माको संगीत र राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो काव्यको अफिसियल युट्यबमार्फत सार्वजनिक गरिएको हो ।

पवन रानाभाटको निर्देशन रहेको गीतको भिडियोमा राज पोख्रेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । गीतमा देश छोडेर परदेश पुगेका छोरी चेलीको पीडा उल्लेख गरिएको छ । सुखको खोजिमा मानिस जहाँ पुगे पनि आफ्नो देश र आफ्ना प्रतिको मोह सुखले छोप्न नसक्दाको भाव गीतमा व्यक्त गरिएको छ ।

ADVERTISEMENT

कुनै समय थियो, नेपाली संगीतमा महिला गीतकारको संख्या अत्यन्त न्यून थियो । अझ भन्नुपर्दा उनीहरूलाई खोज्नै पर्ने अवस्था थियो । नेपाली सांगीतिक क्षेत्रमा पुरुष गीतकारको वर्चस्व रहेका बेला गीत लेखनमा आएर आफूलाई गीतकारका रूपमा उभ्याउनुभएकी राधिकाको गीति लेखनमा गएका केही वर्ष निष्क्रियता देखिएको थियो । अब भने गीतसंगीतमा देखिएको यो खाली पनलाई छोप्ने राधिका बताउनुहुन्छ ।

तीज गीतमार्फत पुनः गीत लेखनमा आउनुभएकी राधिकाले विसं. २०७१ सालमा नै अञ्जु पन्तको स्वरमा आफ्नो गीत रेकर्ड गराएर गीत लेखनको औपचारिक यात्रा सुरु गर्नुभएको थियो । २०७२ सालमा उहाँको एकल एल्बम बजारमा आएको थियो । त्यसपछि केही फुटकर गीत बजारमा आए पनि सांगीतिक बजारमा उहाँको उपस्थिति पातलो देखिएको थियो । तर, लेखनमा भने उहाँ निरन्तर हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?