समाजवादी मोर्चाले भदौ १२ गते बुटबलमा प्रदेश समिति घोषणासहित सन्देश सभा गर्ने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । समाजवादी मोर्चाले आगामी भदौ १२ गते बुटवलमा सन्देशसभा गर्ने भएको छ । मोर्चाको प्रदेश समिति घोषणासहित केन्द्रीय कार्यक्रम अनुसार बुटवलमा सन्देशसभा गर्ने जनाइएको हो ।

मोर्चामा आबद्ध दलहरू नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीको बुधबार बसेको लुम्बिनी प्रदेश स्तरीय बैठकले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रदेशस्तरीय बृहत् सन्देश सभा गर्ने निर्णय गरेको हो ।

बैठकले कार्यक्रमलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि योजना निर्माण गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने उक्त सन्देशसभामा चार पार्टीका लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूबाट अगुवा कार्यकर्तासहित आमजनताको सहभागिता रहने कार्यक्रमका प्रचार-प्रसार संयोजक मनिकर कार्कीले बताउनु भयो।

ADVERTISEMENT

संविधानले परिकल्पना गरेको ‘समाजवाद उन्मुख’ अर्थराजनीतिक रूपान्तरणका लागि नेपाली मौलिकता अनुरूपको समाजवादी बाटो तय गर्ने लक्ष्यका साथ चार पार्टीले गतअसार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।

मोर्चाको केन्द्रीय कार्ययोजना अनुरूप सातै प्रदेशहरूमा मोर्चाको प्रदेश समिति घोषणा र सन्देशसभा गर्ने कार्यक्रम अनुरूप बुटवलमा कार्यक्रम हुनलागेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनु भयो।

मोर्चाको केन्द्रीय निर्णय अनुसार लुम्बिनी प्रदेशको बुटवलमा हुने सन्देश सभाको संयोजन गर्ने जिम्मेवारी नेकपाले पाएको छ। बैठकले लुम्बिनी प्रदेशमा समाजवादी मोर्चाको प्रादेशिक तथा स्थानीय संरचना निर्माण गरी प्रदेश अन्तर्गतका सबै स्थानीय तहहरूमा समाजवादी मोर्चाको कार्यक्रम र अभियानहरू संचालन गर्ने कार्ययोजना निर्माण गरेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज