काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबारबाट सुरू भएको बैठकले आज पनि निरत्तरता पाउने भएको हो ।
बिहान ८ बजेदेखि सुरु हुने बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।
हिजोको बैठकमा ८१ जनाले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी आ–आफ्नो धारणा राखेका थिए ।
केन्द्रीय सदस्यहरुले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गर्ने तयारी छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts