गायक पोखरेल गृहनगरमा सम्मानित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

विराटनगर । गायक सीताराम पोखरेल आफ््नो गृहनगर विराटनगरमा सम्मानित हुनुभएको छ । उहाँलाई रोटरी क्लबको ‘भोकेशनल अवार्ड’द्वारा सम्मानित गरिएको हो । विगत तीन दशकभन्दा लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तरता दिएकोमा रेडियो नेपाल सञ्चालक समिति सदस्य तथा वरिष्ठ गायक पोखरेललाई विराटनगरमा सम्मान गरिएको हो ।

रोटरी क्लब अफ विराटनगरले आफ्नो ४७औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित एक समारोहमा गायक पोखरेललाई सम्मान गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद धौजु तथा क्लबका अध्यक्ष कमल बस्नेतले संयुक्त रूपमा गायक पोखरेललाई सम्मान गर्नुभएको थियो । उक्त अवसरमा पाँचजना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिनुका साथै २०२३/२४ मा निर्वाचित पदाधिकारीलाई शपथ ग्रहणसमेत गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?