गजुरी बस दुर्घटना: एकजना हराएको आशंकामा खोज्दै गोताखोर, घाइते १३ जनाको काठमाडौंमा उपचार

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । पृथ्वीराजमार्ग धादिङको गजुरी गाउँपालिका वडा नम्बर–२ चालिसेस्थित छहरामा आज भएको बस दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।

बसमा २६ जना यात्रु सवार थिए उनीहरु मध्ये दुर्घटनामा १७ जना घाइते छन्। घाइते १३ जनाको काठमाडौंमा उपचार भइरहेको छ । एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ।

सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य घाइते भएका छन्। बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ।

मृतक चार जनाको सनाखत

ADVERTISEMENT

बस दुर्घटनामा मृत्यु भएका आठजना मध्ये चारजनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा परि म्याग्दीको रघुगङ्गा-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी-१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी-८ का २० वर्षीय सुशील रम्तेल र कास्कीको फुलबारी-११ का २४ वर्षीय सुमन थापाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाएका अन्य चार जनाको सनाखत हुन बाँकी छ। सनाखत हुन नसकेका मृतकमध्ये एक जना महिला र तीन जना पुरुष रहेका छन्।

काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?