काठमाडौं । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १५औं वार्षिकोत्सव मानव सेवा आश्रम कौसलटारमा मनाएको छ । फेसियल हाउसले आइतबार मानव सेवा आश्रम कौसलटारमा मनाएको हो । आश्रममा आश्रित ४३ जना बृद्धबृदालाई भोजन गराएर तथा अन्य खाद्यान्न सामग्री सहयोग गरिएको थियो । फेसियल हाउस एण्ड ब्युटी केयरले काठमाडौं मल सुन्धारा, बिजी मल गंगबु र बुद्ध मल माछापोखरी बाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
फेसियल हाउसकी अध्यक्ष वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठका बुबा स्व.तिलकबहादुर श्रेष्ठ २५ दिन अगाडिमात्र स्वर्गारोहण भएको कारणले गर्दा १५औं वार्षिकोत्सवलाई बृद्धाश्रममा रहेका आमाबुबाहरू माझ भोजनको साथ खाद्य सामग्री सहयोग गर्दै मनाइएको फेसियल हाउसका संरक्षक प्रकाशकुमार श्रेष्ठले जानकारी गराउनुभयो । ‘हामीले ६० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरूको सेवा सुविधालाई ध्यानमा राख्दै आधुनिक पद्धतिद्वारा महिला तथा पुरुष सौन्दर्यको लागि सम्पूर्ण सेवा प्रदान गर्दै आएको र ग्राहकहरूको विश्वाश माया अनि हाम्रो काम प्रतिको इमानदारीता मिहिनेत र उच्चस्तरीय गुणस्तरीय सेवाले गर्दा नै पन्ध्रौं वर्षसम्म निरन्तर हामीले सेवा दिन पाइरहेका छौ’, श्रेष्ठले भन्नुभयो ।
वार्षिकोत्सवका अवसरमा फेसियल हाउसका उपलब्ध सेवामा स्पेसल डिस्काउण्ट अफरसमेत रहेको अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts