नयाँदिल्ली। भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ आज चन्द्रमामा अवतरण गर्ने भएको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार चन्द्रयान–३ आज बेलुका ६ बजेर ४ मिनेटमा अवतरण हुन लागेको हो । सकुशल अवतरण भएमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो यान बन्नेछ ।
चन्द्रमाको दक्षिणी ध्रुवमै अवतरण गर्ने क्रममा रहेको रुसी यान लुना–२५ आइतबार दुर्घटनामा परेपछि चन्द्रयान–३ लाई पहिलो हुने अवसर छ ।
भारतले चन्द्रमा मिसनका लागि गएको जुलाई १४ मा अन्तरिक्ष यान पठाएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts