शैक्षिक सुधारका लागि विद्यालयमा इन्टरनेट सेवा जडान गरिँदै

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । शेक्षिक गुणस्तरमा समेत सुधार ल्याउने उद्धेश्यले भोजपुरको उत्तरी क्षेत्रमा रहेका दुई वटा पालिकाले बिद्यालयहरुका लागि ब्रोडब्याण्ड इन्टरनेट सेवाको सामागी हस्तान्तरण गरेका छन् । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाले पालिका भित्र रहेका विद्यालयहरु इन्टरनेट सेवा संचालनका लागि सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

षडानन्द नगरपालिकाका भित्रका बिद्यालयहरुमा इन्टरनेटको पहुँच पुर्याउन तहाँका ३६ वटा आधारभुत बिद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा सञ्चालनको लागि उपकरण बितरण गरिएको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिनुभयो ।

नगरपालिकावाट नेपाल दुरसञ्चार प्राधिकरणबाट प्राप्त सामाग्री बिद्यालयहरुलाई हस्तान्तरण गरिएको हो । नगर भित्रका इन्टरनेट सुविधा नपुगेका ४५ वटा विद्यालयहरु मध्ये बाँकी ९ विद्यालयहरुलाई पनि सामाग्री उपलब्ध गराईने नगर प्रमुख उदासको भनाई रहेको छ । नगरपालिका भित्र रहेका १४ वटा वडा भित्रका बिद्यालयहरुले इन्टरनेट सेवाका लागि आवश्यक सामाग्रीहरु पाउने नगरपालिकाले जानएको छ ।

षडानन्द नगरपालिकाका नगर प्रमुख उदासले भन्नुभयो, “अहिले हरेक क्षेत्रमा इन्टरनेट सुविधा अत्यावश्यक भैसकेको अवस्थामा लामो प्रयास पछि बिद्यालयहरुलाई सुविधा दिलाउन सफल भएका छौ ।” यसले बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा पनि महत्वपुर्ण सहयोग हुने बिश्वास लिएका छौ । नगरपालिका भित्रका इन्टरनेटको पहुच नभएका सम्पुर्ण आधारभुत तहका विद्यालयहरुमा तार रहित सेवा उपलब्ध गराउने योजना अनुरूप उपकरण तथा सामाग्री वितरण गरिएको नगर उपप्रमुख प्रमिला राईले बताउनुभयो ।

ADVERTISEMENT

यता साल्पासिलिछो गाउँपालिकाले पनि पालिका भित्रका ३८ वटा सामुदायिक बिद्यालयहरुलाई इन्टरनेट सेवाका लागि सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा प्राप्त सामाग्री सांग्रिला इन्फरमेटिभ प्रालिको प्राविधिक सहयोगमा बिद्यालयहरुमा जडान गरिने गाउँपालिका अध्यक्ष दौलत कुलुङ राई बताउनुभयो । इन्टरनेट सेवाको बारेमा सांग्रिला इन्फरमेटिभ प्रालिका प्रतिनिधिले डिभाइस जडानका विषयमा आवश्यक प्रशिक्षण समेत दिएको छ । सो कार्यक्रम पश्चात ब्रोडब्याण्ड डिभाइस, राउटर, तार लगायतका सामाग्री सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई गाउँपालिका अध्यक्ष कुलुङले हस्तान्तरण गरि सक्नु भएको छ ।

अबको केही दिनमा आवश्यक कागजी प्रकृया पुरा गरेर दुरसंचार प्राधिकरणलाई प्रतिवेदन बुझाएपछि उक्त इन्टरनेट सेवा बिद्यालयहरुमा सुचारु हुनेछ । सुचारु भएको समयबाट २ वर्षको लागि सबै विद्यालयले निशुल्क सेवा प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज