परम्परागत लाखे जात्रा भोजपुरमा सुरु

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । नागपञ्चमीको दिनबाट सुरु हुने परम्परागत लाखे जात्रा पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि सोमबारबाट सुरु भएको छ ।

नेवारी समुदायको बसोबास रहेको क्षेत्रहरुमा यो परम्परागत लाखे जात्रा निकालिने गरिएता पनि अहिले यो सामुयिक परम्परा जस्तै भएको छ । हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि सुरु भएको युवाहरुले बताएका छन् । गठे मङ्गलबाटै सुरु हुने भएपनि भोजपुरमा भने नागपञ्चमीबाट लाखे सुरु गर्ने गरिएको छ ।

ADVERTISEMENT

स्थानीय युवाहरू परम्परा देखि चल्दै आएको संस्कृतिको संरक्षण र सम्वर्धनमा लागेको स्थानीय विनम श्रेष्ठले बताउनुभयो । भोजपुरमा रहेका मठमन्दिरहरुको पूजा अर्चनासहित लाखे जात्रा सुरु गरिएको श्रेष्ठले जानकारी दिनुभयो । लाखे नाच अर्थात् विभिन्न नाम दिइएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यङ्ग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन रहँदै आएको छ ।

भोजपुर नगरपालिका भित्र बजारका साथै पानीटयांकी, टक्सार, डाँडागाउँ, बोखिम दाँवा लगायतका क्षेत्रहरुमा लाखे नाच नचाउने गरिन्छ भने जिल्लाको पूर्वी अरुण गाउँपालिका, षडानन्द नगरपालिका क्षेत्रका बिभिन्न वडाहरुमा समेत लाखे नाच नचाउने परम्परा रहदै आएको छ ।
नागपञ्चमीका दिनबाट सुरु लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंसलाई नाश गरेको दिनसम्म नचाउने प्रचालन रहँदै आएको स्थानीय नवीन सुवालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज