कलाकार संघद्वारा अभिलेख अध्यावधिका लागि आहृवान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्ना सदस्यहरूलाई अभिलेख अध्यावधिकका लागि आहृवान गरेको छ । संघले आइतबार एक विज्ञप्ति जारी ३५औं स्थापना दिवसका अवसरमा गरिने कार्यक्रमबारे सार्वजनिक गर्दै अभिलेख अध्यावधिकका लागि आहृवान गरेको हो ।
संघका अनुसार कलाकारहरूको आवेदन फारमसँग संलग्न गर्नुपर्ने कागजपत्रमा करारपत्र वा अनुहार र चलचित्रको नाम देखिनेगरी लिएको स्क्रिन शर्ट संलग्न गर्नुपर्ने छ ।

‘संघमा रहेको व्यक्तिगत फाइलमा कतिपय सदस्य कलाकारहरूको नागरिकताको प्रतिलिपि, फोटो आदिसमेत नभएका कारण अभिलेख तयार पार्ने काममा अस्पष्टता देखिन आएकाले अभिलेखिकरणलाई चुस्त दुरुस्त बनाउनका लागि उल्लेखित तथ्यहरूसहित संघमा कागजपत्र उपलब्ध गराउनका लागि सम्पूर्ण सदस्यहरूलाई आहृवान गरिएको कुरा छ’, संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी गिरएको विज्ञप्तिमा भनिएको छ ।

ADVERTISEMENT

इमेलमार्फत वा स्वयं उपस्थित भई ६ महिनाभित्र कागजपत्र उपलब्ध गराउन आग्रह गरिएको छ । तोकिएको अवधिमा अध्यावधिक नगरे व्यक्तिगत फाइलमा प्रक्रिया नपुगेको देखिएमा विधानले तोकेको प्रक्रिया अनुसार हुने कुरा पनि संघले जानकारी गराएको छ ।

यस्तै, संघले आफ्नो ३५औं स्थापना दिवसका अवसरमा आगामी भदौ २३ गते काठमाडौंमा ‘नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । स्थापना दिवसको उपलक्ष्यमा भदौ २४ गते बिहान मोटिभेसन कक्षा र योगा कार्यक्रम गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *