कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका स्तरीय बाल सञ्जालले ११ बुँदे माग राख्दै पालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
शनिबार किर्डाक नेपाल कालीकोट सेभ द चिल्ड्रेन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा शुभकालिका गाउँपालिकाको सहयोग र सहजीकरण तथा शुभकालिका गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर-५ को दहाल माध्यमिक बिद्यालयमा आयोजना गरेको ऐतिहासिक प्रथम बालसम्मेलनमा शुभकालिका गाउँपालिकालाई ११ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
नेपालको संविधान २०७२ अनुसार मानवअधिकारलाई मौलिक हकको रुपमा ब्यवस्था गरिएकाले वर्तमान समयमा देश विकेन्द्रीकरण राज्य सञ्चालन प्रक्रियामा रहेको बताउँदै नागरिकको नजिकको सरकार स्थानीय सरकार भएकाले समाजमा सामाजिक कुसंस्कारका रुपमा रहेको बालबिवाह, छाउपडी प्रथा, महिला हिंसा, दुर्व्यवहार जस्ता विकृति र विसंगतिलाई पालिकाले उचित रणनीति बनाउनुपर्ने माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र बझाइएको पालिका स्तरीय बाल सञ्जालकी अध्यक्ष यमुना बोहोराले बताउनुभयो ।
ज्ञापनपत्रमा बालबालिकाको क्षेत्रमा आवश्यक बजेटको ब्यवस्थापन, बालमैत्री संरचना निर्माण, बालबिवाह बिरुद्ध अभियान, पालिकालाई बालबिवाह निषेधित पालिका घोषणा, बिद्यालयमा बिषयगत शिक्षकको ब्यवस्थापनलगायतका माग राख्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृता अधिकारीलाई ज्ञापनपत्र बुझाइएको उहाँले जानकारी दिनुभयो ।
ज्ञापनपत्र बुझ्दै शुभकालिका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृता अधिकारीले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न पालिकाबाट बजेटको उचित ब्यवस्थापन गरिने र मागहरुलाई सम्बोधन गरिने बताउनुभयो ।
कर्णाली प्रदेशकै पहिलो बालबिवाह बिरुद्ध ऐतिहासिक प्रथम बालसम्मेलन कार्यक्रममा वडा स्तरीय बालक्लबका पदाधिकारी, पालिकास्तरीय बालसञ्जालका प्रतिनिधि र प्रत्येक बिद्यालयका करीब १ सय बढी बालबालिकाको सहभागीता रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts