टेलरिङ महासंघमा नयाँ नेतृत्व

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल टेलरिङ व्यवसायी महासंघको अध्यक्षमा सतिश श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । काठमाडौँमा भएको राष्ट्रिय अधिवेशन तथा तेस्रो साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा राजमान महर्जन, उपाध्यक्ष हरिमाया परियार, सुदिप गणेश, सोम अछामी, पूर्ण महर्जन, धनबहादुर परियार र दिपक परियार रहेका छन् । महासचिवमा रमानाथ श्रेष्ठ, सचिवमा मिना गोपाली, सहसचिवमा अञ्जन गौतम, कोषाध्यक्षमा प्रताप परियार र सहकोषाध्यक्षमा गणेशभक्त गोसाई रहेका छन् ।

ADVERTISEMENT

त्यस्तै, प्रदेश अध्यक्ष, कार्यसमिति सदस्यमा १८ सदस्य र दुई विशिष्ट सदस्य चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले टेलरिङ क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै थप रोजगारका अवसर सिर्जना गर्ने र यस क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्नतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?