सीप बोकेर भौतारिएका युवालाई रोजगारीको अवसर दिनसके मात्र नेपाल समृद्ध बन्छ : महामन्त्री थापा

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सीपयुक्त युवाहरुलाई स्वदेशमै राेजगारी दिनसके अबको दस बर्ष भित्र नेपाल समृद्ध बन्ने बताउनुभएको छ ।

शनिबार इलाममा इलाम नगर कार्य समितिले आयोजना गरेको दोस्रो नगर सम्मेलन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले रोजगारीको शिलशिलामा दैनिक युवाहरु विदेशिरहेको अवस्थालाई रोक्नुपर्ने बताउँदै स्वदेशमा रोजगारीको अवसर दिनुपर्ने आजको आवश्यकता रहेको बताउनु भयो ।

हातमा सीप बोकेर भौतारिरहेका युवालाई रोजगारको अवसर नेपालमै दिलाउन सकेको खण्डमा समृद्ध राष्ट्र सरहको नेपाल पनि निर्माण हुने उहाँले बताउनुभएको हो । तर त्यसका लागि नेतृत्वको महत्त्वपूर्ण भुमिका रहने बताउँदै थापाले आजको आवश्यकता युवाहरुको वैदेशिक पलायक रोक्नु नै हो, भन्नुभयाे ।

अहिलेको नेतृत्वले वैदेशिक पलायन रोक्न सकेको खण्डमा मात्र नेतृत्व सफल हुने उहाँले बताउनुभयो ।

ADVERTISEMENT

उहाँले पार्टीको सबैभन्दा पहिलो जग नै भातृ तथा शुभेक्षुक संस्था भएकाले यसलाई चलायमान बनाउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै उहाँले नेपाली काँग्रेस विधान अनुरुप चलेमा र अवसरको सदुपयोग गरेर अगाडि बढ्न सके अझ धेरै र ठुला एवम् थुप्रै अवसरहरु आउने उहाँका भनाई छ । उहाँले काँग्रेस आँफैं सक्षम भएका कारणले पनि आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्ने बताउनुभयो ।

सम्बोधनका क्रममा उहाँले देशमा भ्रष्टाचार बढेको भन्दै त्यो भ्रष्टाचारिलाई बाहिर निकाल्न काँग्रेस प्रष्ट हुनुपर्ने बताउनु भयो । उहाँले नेपाललाई भ्रस्टाचार मुक्त राष्ट्र बनाउन कांग्रेस लाग्ने बताउँदै भ्रष्टाचारीलाई कांग्रेसले साथ नदिने समेत उद्घोष गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज