प्राधिकरणको लालबन्दी वितरण केन्द्र मधेश प्रदेशकै उत्कृष्ट

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्र मधेश प्रदेशकै उत्कृष्ट वितरण केन्द्र बनेको छ ।

चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति र पुरानो बक्यौता रकम संकलनमा पनि अब्बल देखिएपछि यस वितरण केन्द्रले हिजो प्राधिकरणको ३८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा सम्मान प्राप्त गरेको हो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिवकुमार साहलाई हिजो काठमाडौंमा आयोजित स्थापना दिवस समारोहमा कदरपत्रसहित सम्मान गर्नुभयो ।

ADVERTISEMENT

मन्त्री बस्नेत, मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरी प्रदान गर्नुभएको कदरपत्रमा विद्युत चोरी नियन्त्रणमा उल्लेख्य भूमिका खेली वार्षिक विद्युत् चुहावटमा लक्ष्य भन्दा बढी प्रगति हासिल गरेको, बक्यौता असुली, छुट बिलिङमा महत्वपूर्ण प्रगति हाँसिल गरेकाले वितरण केन्द्रलाई सम्मान गरिएको उल्लेख छ ।

यो वितरण केन्द्रले गत आर्थिक वर्षमा कालोसूचीमा परेका ग्राहकबाट बक्यौता रकम संकलन कार्य जारी राख्यो भने विद्युत् चुहावट १५ प्रतिसतमा झारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज