जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा विष्ट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम विष्ट निर्वाचित हुनुभएको छ । बिहीबार जिल्लाको सातौं अधिवेशनबाट विष्ट सर्वसम्मत दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा शम्भु लामिछाने, सचिवमा देव नारायण झा, कोषाध्यक्षमा विक्रम लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसबाहेक सदस्यहरूमा रतनबहादुर कठायत, बाबुराजा श्रेष्ठ, रूपक विष्ट, ज्ञानेन्द्र दडिमाना क्षेत्री, गणेश रजक, दिनेश महर्जन, लोकबहादुर खड्का (रवि), गोविन्दराज जोशी, पदम बहादुर सिंह, सम्राट सिंह र कमलराज जोशी पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा प्रमुख अतिथि नेपाल क्रिकेट संघका (क्यान) का अध्यक्ष चदुरबहादुर चन्द हुनुहुन्थ्यो । सोही कार्यक्रममा चन्दले नेपाली क्रिकेटलाई अप्ठ्यारो अवस्थाबाट यहाँसम्म पु¥याएको र यसपल्ट पुनः अन्तिम पटकका लागि आफू अध्यक्ष पदमा लड्न चाहेको घोषणा गर्नुभयो । यस्तै उहाँले आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजको घोषणा गर्दै काम गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । योसँगै सुदूरपश्चिमका क्यान आबद्ध सात जिल्लामा सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न भएको छ ।

ADVERTISEMENT

अधिवेशनमा क्रिकेटको क्षेत्रमा योगदान पुर्‍याउनुभएका पाँचजनालाई सम्मानित गरिएको थियो । क्रिकेटमा लामो समयदेखि सक्रिय रहेका अध्यक्ष जस्तो जिम्मेवारपूर्ण पदमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटमा योगदान पुर्‍याएको भन्दै चतुरबहादुर चन्दलाई सम्मान गरिएको हो । त्यस्तै कैलाली जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष धर्मबहादुर बोहरा, पूर्वसचिव गणेश नेपाली, पूर्वकोषाध्यक्ष मदनबहादुर कुँवर र धनगढी क्रिकेट एकेडमीका अध्यक्ष सुवास शाहीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?