१० महिनापछि स्याङ्जा जिल्ला अस्पतालले पायो प्रमुख

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । स्याङ्जाको सदरमुकामस्थित कुमालगाउँमा रहेको स्याङ्जा जिल्ला असपतालले १० महिनापछि रिक्त मेडिकल सुपरिटेन्डेन्टको पदमा डाक्टर रूक्मिना अधिकारी हाजिर हुनुभएको छ ।

यसभन्दा अगाडि अस्पतालमा प्रमुख रहनुभएका मेडिकल सुपरिटेन्डेन्ट रमेशप्रसाद आचार्यको लमजुङ जिल्ला अस्पतालमा कार्तिक १४ गते सरूवा भएपछि अस्पताल प्रमुखविहिन थियो ।

आचार्यको सरूवा भएपछि वरिष्ठ नर्सिङ अधिकृत कृष्णकुमारी कार्कीले निमित्त कार्यालय प्रमुखको भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।

ADVERTISEMENT

अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा आउनुभएकी डा रूक्मिना अधिकारी यसभन्दा अगाडि जिल्ला अस्पताल प्रमुखका रूपमा पर्वतमा कार्यरत हुनुहुन्थ्यो ।

अस्पतालमा सरूवा भई आउनुभएकी डा।रूक्मिना अधिकारीलाई अस्पतालमा स्वागत गर्दै अस्पतालका अध्यक्ष ईन्द्रबहादर गोदारले निमित्त भई काम गर्नु भएकी कृष्णकुमारी कार्कीलाई धन्यवाद दिँदै सरूवा भई आउनुभएकी प्रमुख डाक्टर अधिकारीलाई स्वागत गर्नुभएको थियो ।

प्रमुखको जिम्मेवारी सम्हालेपछि बोल्दै डा. अधिकारीले आफूले विगत १४ महिना पर्वत जिल्ला अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा जिम्मेवारी निर्वाह गरेको र सो अनुभवको समेत उपयोग गर्दै प्रमुखको रूपमा रहने अवसरलाई क्षमताले भ्याएसम्म अस्पतालका हितमा उपयोग गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज