कोशी प्रदेशसभा बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बिराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दै छ । आजको बैठकमा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत हुनेछ ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्न उद्धव थापा नेतृत्वको सरकारले प्रतिस्थापन विधेयक ल्याउने भएको हो ।

ADVERTISEMENT

तत्कालीन मुख्यमन्त्री कार्कीले अल्पमतमा परेका बेला प्रदेशसभाको अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएका थिए ।

आजको प्रदेशसभा बैठकमा सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तारसम्बन्धी पत्र वाचन हुने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज