याल्वाङ बजार अनुगमनमा रु २० हजार मुल्य बराबरको सामान नष्ट

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र अर्थात याल्वाङ बजार अनुगमन गरिएको छ ।

नाम्खा गाउँपालिकाले आफ्नो पालिकाभित्रका नागरिकले म्याद गुज्रेका दुषित तथा सडेगलेको अखाद्य पर्दाथ उपयोग गर्न नपरोस् भन्ने हेतुले याल्वाङ बजार अनुगमन गरिएको हो ।

विहिबार निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीको नेतृत्वमा याल्वाङ बजार अनुगमन गरिएको सोही पालिकाका कर्मचारी सागर लामाले बताउनुभयो । अनुगमनमा म्याद गुज्रेका सामान जुस, विस्कुट, खानेतेल, चाउचाउ,सुर्ती, चिउरा लगायतका दैनिक उपभोग्य वस्तुको नष्ट गरिएको लामाले बताउनुभयो ।

सिमानाका खुलेसँगै विभिन्न सामाग्री भित्रनुका साथै सदरमुकामबाट दुढानी भएका सामाग्री पनि म्याद गुज्रेको हुने भएकाले विहिबार अनुगमन गरिएको हो । लगभग रु २० हजार मुल्य बराबरको म्याद सकिएका सामाग्री नष्ट गगरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले बताउनुभयो ।

ADVERTISEMENT

यस्तै अनुगमनमा निमित्त अधिकृत शाही, स्वास्थ्य प्रमुख ग्याछो लामा, रेशम फडेरा योजना प्रमुख, प्रतिप रावत कृषि शाखा प्रमुख लगायत याल्वाङ बजार प्रहरी चौकी सहितको टोलीले अनुगमन गरेको हो ।

नाम्खा गाउँपालिकाको याल्वाङ बजारमा रहेका पसल तथा खाद्य वितरण पसलहरुमा दैनिक उपभोग्य वस्तुहरूको बजार अनुगमन गरी म्याद गुज्रिएका सामान तथा वस्तुहरु नष्ट गरिएको हो ।

बजार अनुगमनमा याल्वाङमा रहेका पलल तथा होटेल व्यवसायीलाई मापदण्ड पालना गर्न, म्याद गुज्रिएका सामाग्री विक्री नगर्न सचेत समेत गराइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज