आश्विन र कवितालाई खोटाङ प्रतिभाको उपाधि

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आश्विन राई र कविता श्रेष्ठ ‘खोटाङ प्रतिभा-२०८०’ को विजेता हुनुभएको छ । राई गायनतर्फको विजेता बन्नुभएको हो भने श्रेष्ठ नृत्यतर्फको विजेता हुनुभएको हो । खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायत (युके)को सह–आयोजनामा राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा दुवैले उक्त उपधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।

प्रतियोगितामा गायनतर्फ प्रदीप राई दोस्रो, लक्ष्मण परियार तेस्रो बन्दा नृत्यतर्फ सुवास विश्वकर्मा दोस्रो र मनिता राई तेस्रो हुनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई जनही नगद दुई लाख दुई हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै बिजेताले बेलायतको कार्यक्रममा सहभागीको अवसरसमेत प्राप्त गरेका छन् । प्रतियोगितामा दोस्रो हुनेले नगद एक लाख एक हजार र तेस्रो हुनले ५१ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

ADVERTISEMENT

प्रतियोगिताको निर्णायकमा गायकतर्फ शम्भु राई, कुन्ति मोक्ततान र सुरेश अधिकारी हुनुहुन्थ्यो भने नृत्यतर्फ कमल राई, महेश गदार र रोहिया मर्हजन रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?