हुम्लामा पाँच दिनदेखि अवरुद्ध हवाई उडान सुचारु

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । प्रतिकुल मौसमका कारण पाँच दिनदेखि अवरुद्ध भएको हवाई सेवा पाँच दिनपछि पुनः सञ्चालनमा आएको छ ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको यस जिल्लाको सिमकोट विमानस्थल पाँच दिनसम्म उडान अवरुद्ध भएको थियो । विहान दश बजेपछि मौसम सफा हुँदा नेपालगञ्जदेखि निजी एयरलाइन्सहरूले उडान भरेका हुन् ।

नेपालगञ्जदेखि समिटका दुई वटा जहाजले एक एक उडान भरेका थिए भने सीता एयरले दुई र तारा एयरले एक गरी पाँच वटा उडान भएको सिमकोट विमानस्थलले जनाएको छ । बुधबार उडान भरेका चारवटा जहाजले नेपालगन्ज र एक उडान सुर्खेतबाट भएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो ।

ADVERTISEMENT

बिहान भरि सिमकोट क्षेत्र र हुम्ला आउने हवाई मार्गको इनरुटको मौसम खराब हुँदा उडान हुन नसकेपछि एघार बजेपछि मौसममा सफा हुँदा नेपालगन्ज र सुर्खेतबाट हवाई जहाजले उडान भर्न सफल भएको उहाँले बताउनुभयो ।

अवरुद्ध उडान सुचारु भएसँगै चार दिन अघि अस्पतालले रिफर गरेका तीन जना बिरामीहरूको उद्धार भएको छ । नेपालगन्जमा आठ दिनदेखि रोकिँदै आएका यात्रुहरू आउन पाएका हुन् । त्यसैगरि दैनिक उपभोग्य बस्तु पनि ढुवानी भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले लागु गरेको उडान तालिम अनुसार हुम्लाको मौसम राम्रो भएको भएपनि साढे बाह्र बजेपछि भने उडान बन्द गरिएको छ । यसको विरोध गर्दै हुम्लावासीले बिहान एघार बाह्र बजेपछि मात्र मौसममा सुधार आउने भएको कारण उडान तालिका परिवर्तन गर्न माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज