पाँच लाख घुससहित विष्णुपुर गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर पक्राउ

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राजविराजबाट बुधबार घुससहित रंगेहात पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरूलाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरूले सोलार बत्ती जडानलगायत योजनाको भुक्तानीबापत सेवाग्राहीसँग दुई लाख नगद र तीन लाखको चेक घुस लिएका थिए ।

ADVERTISEMENT

दुबै जनालाई घुसको रकम लिँदै गर्दा आज बिहान राजविराजबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *