जहाजको पर्खाइमा चार शिशुको ज्यान गयो

हवाइ प्रतिबन्द नहटेसम्म संसद चल्न नदिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

-नन्दराम जैशी
सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हवाइसेवामा लगाएको प्रतिबन्द नहटेसम्म कर्णाली प्रदेशसभा बैठक चल्न नदिने भएको छ ।

नागरिक उड्यन प्राधिकरणले कर्णालीका पाँच विमानस्थलमा दिउँसो १२ बजेपछि हवाई उडानमा प्रतिबन्द लगाएपछि नेकपा एमालेले संसदमै विरोध गरेको हो ।

मंगलबार संसद अवरद्ध गर्दै एमालेले प्राधिकरणको निर्णय सच्याउन माग गरेको छ । एमालेको विरोधपछि प्रदेशसभा बैठक बिहीबार दिउँसो तीन बजेसम्म स्थगित भएको छ ।

साउन १५ गते प्राधिकरणले हवाई दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै दुर्गम जिल्लाका २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि व्यवसायिक/चार्टर उडान गर्न नपाइने नियम लागू गरेको थियो । सोही कुरालाई लिएर नेकपा एमालेले कर्णाली संसदमै चर्चाको बिषय बनाएको हो ।

प्रदेश सभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले बाढी, पहिरो, डुबान र हवाई सेवा सम्बन्धी समस्या समाधानको ठोस योजनासहित संसदमा मुख्यमन्त्री राजकुमार शर्माले जवाफ दिनुपर्ने माग राख्नुभयो । ‘नागरिक उडड्यन प्राधिकरणको निर्णयले नागरिक बिचल्लीमा परेका छन्’ उहाँले भन्नुभयो,  ‘यसबारे प्रदेश सरकारले कुनै पहल नगर्नु दुखद् पक्ष हो । यस्तोबेला प्रदेश सरकार कहाँ छ ?’

ADVERTISEMENT

नागरिक उड्यन प्राधिकरणको निर्णयले हुम्ला, डोल्पा, मुगु, जुम्लालगायत जिल्लाका नागरिकले सास्ती भोग्नु परेको छ । जसले गर्दा समयमै उपचार सेवा नपाएर नागरिक मर्न बाध्य छन् । भने खाद्यान्न समेत अभाव हुन थालेको छ । महङ्गी र कालोबजारी बढ्दै गएको छ ।

जहाजको पर्खाइमा हुम्लाका चार शिशुको ज्यान गएको छ । जहाजको पर्खाइमा समयमै उपचार नपाएर सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनार, सिमकोट–७ का ७ महिने बालक रोहित शाही, खार्पुनाथ–१ लालिकाका डेढ वर्षे बालक आर्यन परियार र चंखेली–४ का ५ महिने बालक सन्देश लुहारको जहाजको पर्खाइमा उपचार नपाएर ज्यान गएको हो ।

झाडापखालाका कारण अस्पतालमा ल्याएका मृतक बालक रोहित शाहीलाई आइसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । तर हुम्लामा त्यो सुविधा नहुदाँ सुविधासम्पन्न अस्पतालमा लैजान रेफर गरिएको थियो । मृतक बालक इमरान सुनार झाडापखालाले थलिएर रगतमा संक्रमण भएपछि साउन १८ गते जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा जान सुझाव दिइएको थियो । तर खराब मौसमका कारण जहाज नआउँदा बालकलाई बचाउन नसकिएको जिल्ला अस्पताल हुम्लाका डाक्टर कैलास लामाले बताउनुभयो ।

डाक्टर लामाका अनुसार निमोनियाले थलिएका मृतक बालक आर्यन परियार साउन ७ गते र कुपोषणले थलिएका मृतक बालक सन्देश लुहारको साउन ८ गते जहाज कुर्दाकुर्दै अस्पलालमा ज्यान गएको हो । चारैजना बालकको जिल्लामा उपचार नहुने भन्दै जिल्ला बाहिर रिफर गरेपनि जहाज नआउँदा ज्यान गुमाउन पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज