काठमाडौं । आगामी भदौ १४ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहको चलचित्र ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा नेकपा एसका नेता एवंं पूर्वपर्यटन तथा संस्कृति मन्त्री प्रेमबहादुर आले प्रमुख अतिथि रहनुभएको थियो । सार्वजनिक ट्रेलर हेर्दा ‘ऐँचो पैँचो’ उत्कृष्ट बनेको महसुस भएको उहाँले बताउनुभयो ।
चलचित्रको दुई मिनेट ३० सेकेण्ड लामो ट्रेलर हेर्दा राजनीतिले देश र समाजमा पाएको प्रभावलाई नजिकबाट देखाउने प्रयास गरेको बुझ्न सकिन्छ । ट्रेलरमा प्रायः सबै कलाकारलाई स्थान दिएको छ । ट्रेलरले धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्देशक कृषा चौलागाईको छ ।
पूर्वी नेपालमा रमणीय स्थानमा छायांकन गरिएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतका कलाकारको अभिनय छ ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाईं सह-निर्माता हुनुहुन्छ । अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन चलचित्रमा छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts