‘गणपति’को ट्रेलरमा ‘कमेडी’ र ‘सेन्टिमेन्ट’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘गणपति’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट मंगलबार ट्रेलर रिलिज गरिएको हो । भदौ १४ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको तीन मिनेट लामो ट्रेलरमा ‘कमेडी’ र ‘सेन्टिमेन्ट’ रहेको छ ।

सविन अधिकारीको लेखन र निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा निसन्तान दम्पतीलाई भगवान गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ । चलचित्रमा मुुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानाका साथमा अथिति भूमिकामा अभिनेत्री वर्षा शिवाकोटीको अभिनय छ । रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको चलचित्रको ट्रेलरमा प्रमुख सबै कलाकारलाई समेटिएको छ ।

ADVERTISEMENT

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मण रिजाल, कार्यकारी निर्माता बिज्ञान केसी र अविन्द्र गिरी र सहनिर्मातामा एडिटर बनिष शाह हुनुहुन्छ । हरिबहादुर घलेले खिचेको चलचित्रका गीतमा अनिश अधिकारी, शंकर अधिकारी ‘घायल’, देवेन्द्र बब्बु, बाबुल गिरी र सविन अधिकारीको शब्द अनि अनिश अधिकारीको संगीत छ । विपिन मल्लले सम्पादन गरेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *