दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी-२०२३’को आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले आउँदो मंसिर ५ देखि १० गतेसम्म भृकुटीमण्डपमा यो प्रदर्शनी आयोजना गर्न लागेको हो ।

पुस्तक प्रदर्शनीमा चीन, अमेरिका, इजिप्टलगायत दक्षिण एसिया क्षेत्रका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने आयोजकले जनाएको छ । चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनलाई विशेष रूपमा आमन्त्रण गरिएको पनि बताइएको छ ।

ADVERTISEMENT

करेन्ट मिडियासँगको सहकार्यमा सम्पन्न हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको आयात, निर्यात, वितरणमा सहकार्य तथा सहजीकरणको वातावरण बन्नुका साथै महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसीसम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *