विद्युतका ६५ जना कर्मचारीको निःशुल्क आँखा परीक्षण

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रका कर्मचारीलाई आज निःशुल्क आँखा परीक्षण गरिएको छ ।

नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालद्धारा संचालित आँखा उपचार केन्द्र बयलवासको आयोजनामा वितरण केन्द्रमा काम गर्ने कर्मचारीको निःशुल्क रुपमा आँखा जाँच गरिएको हो । अहिले जताततै आँखा पाक्ने रोग देखा परिरहेकाले त्यसैलाई मध्यनजर गर्दै विद्युत्का सम्पूर्ण कर्मचारीको निःशुल्क आँखा जाँच गरिएको र प्राधिकरणले आफ्ना कर्मचारीलाई औषधि तथा चश्मा समेत निःशुल्क वितरण गरेको आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनालीले बताउनुभयो ।

ADVERTISEMENT

प्राधिकरणको वितरण केन्द्रका प्रमुख सन्जिवकुमार साहको अध्यक्षतामा आयोजित आँखा शिविरमा आँखाका स्वास्थ्यकर्मी चन्द्रमणि राम र राकेश प्रसाद साहले आँखा परीक्षण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?