शिक्षक महासङ्गद्वारा शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापन-पत्र

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । नेपाल शिक्षक महासङ्घ नवलपरासीले शिक्षा बिकास तथा समन्वय इकाइ नवलपरासीमा शिक्षा बिधेयकको बिरोधमा ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासङ्ग नवलपरासीको नेतृत्वमा शिक्षा बिकास समन्वय इकाई प्रमुख पुर्णबहादुर बिकलाई शिक्षा बिधेयकमा समाबेश गरिएका ५१ वटा बुद्दाहरुको बिरोध गर्दै ज्ञापन पत्र बुझाएको सचिब कृष्ण अधिकारीले बताउनु भयो । उहाँ भन्नू हुन्छ 'पटक पटक शिक्षकहरु सङ्ग गरिएका सहमतिलाई लत्याएर बिधेयक ल्याइएको छ ।'

शैक्षिक क्षेत्रको सुधारका लागी लामो समय देखी आउन नसकेको शिक्षा ऎन शिक्षकहरुका माग पुरा हुने गरि ल्याउनु पर्ने नेपाल शिक्षक संघ नवलपरासीका अध्यक्ष भोजराज चापागाईंले बताउनु भयो । उहाँ भन्नुहुन्छ, 'देशमा भएका विभिन्न परिवर्तनमा शिक्षकहरुले महत्त्वपूर्ण भुमिका खेलि व्यवस्था फेरियो । देशमा व्यवस्था फेरिएपनि शिक्षकहरुका समस्या जहाँ तेहि छन शिक्षकलाई हेर्ने दृष्टिकोण बदलिएको छैन ।'  देशको शैक्षिक क्षेत्रको सुधारका लागी शिक्षा ऎन कोशढुङ्गा साबित हुने बताउदै शिक्षकहरुको माग तत्काल सम्बोधन गरी ऎन ल्याउनु पर्ने चापागाईंको भनाइ छ ।

ADVERTISEMENT

नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष अर्जुन पौडेलले शिक्षा क्षेत्र अत्यन्तै संबेदनसिल रहेको बताउदै राज्यले शिक्षकहरुका तत्काल माग सम्बोधन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष पुष्पराज अधिकारी, हिस्टोनको केन्द्रिय सदस्य पशुपति चौधरी, राहत शिक्षक नवलपरासीका जिल्ला अध्यक्ष तारा प्रसाद न्यौपाने, शिक्षक महासङ्गका केन्द्रिय प्रतिनिधि चिरञ्जीवी खनाल, बाल बिकास नवलपरासीका जिल्ला अध्यक्ष जमिला खातुन, नेपाल राष्ट्रिय शिक्षक परिषद नवलपरासीका अध्यक्ष हेमन्त यादवलगायतको बोल्दै शिक्षा बिधेयकको बिरोध गर्दै शिक्षकहरुका माग तत्काल सम्बोधन गर्ने जोडदार माग गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज