हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । मङ्गबार दिउँसो नेपाली सेनाको हेलिकोप्टर मार्फत एक जना सुत्केरी महिलाको हुम्लाको सदरमुकाम सिमकोटबाट उद्धार गरिएको छ । हुम्लाको खार्पुनाथ–५ खर्पेलगाउँकी दिफकली सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको हो ।

साउन १६ गते सुत्केरी भएकी ४० वर्षीया सार्कीको रगतमा संक्रमण भएर रिफर गरेको पाँच दिनपछि उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाको सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

जिल्लामा केही दिन यतादेखि मौसम खराब हुनुका साथै लगातार पानी परेका कारण हवाई उडान हुन नसक्दा रिफर गरेको पाँच दिनपछि सार्कीलाई सेनाको हेलिकोप्टरबाट आज उद्धार हुन सकेको उहाँले बताउनुभयो । थप उपचारका लागि सुविधासम्पन्न अस्पताल जानुपर्ने भए पनि विमानस्थलमा खराब मौसमका कारण सार्कीलाई सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो ।

ADVERTISEMENT

सार्कीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकोप्टरले उद्धार गरी सुर्खेतमा रहेको प्रादेशिक अस्पताल पु¥याएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धारबाट धेरै महिलाको ज्यान जोगिएको छ ।

खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नियमका कारण जहाजको उडान नहुँदा हुम्लामा बिरामीले अकालमै ज्यान गुमाउनुपरेको छ ।
हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि उडान भर्न नपाउने नागरिक उड्डयन प्राधिकरणको नियमका कारण लामो समयदेखि हवाई उडान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?