शैक्षिक गुणस्तर कायम गर्न वडाले बढायो सक्रियता

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर कायम गर्नका लागि वडाले सक्रियता थालेको छ ।

भोजपुरको उत्तर षडानन्द नगरपालिका वडा नम्वर ७ भित्र रहेका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धिका लागि वडाले सक्रियता बढाएको हो । सामुदायिक विद्यालयहरुमा भन्दा निजी विद्यालयहरुमा बालबालिका लाने क्रम बढदै गएकाले शैक्षिक गुणस्तरीयता सहित विद्यालयमा प्रभावकारी पठनपाठन हुने ब्यवस्थाका लागि वडाले सक्रियता बढाएको वडाध्यक्ष दिपेश बिष्टले बताउनुभयो । वडाध्यक्ष बिष्टले भन्नुभयो, “शैक्षिक गुणस्तर कायम गर्नका लागि बिद्यालयका गुनासा पनि सुन्दै र समाधान जरुरी छ ।”

वडा भित्र रहेका बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधी, अभिभावक सहित वडाले शैक्षिक सुधारका लागि अन्तरक्रिया सहित बिभिन्न निर्णयहरु समेत गरेको छ । सोक्रममा बिद्यालयका प्रधानाध्यापकहरुले बिविध समस्याका कारण गुणस्तर सरकारी बिद्यालयहरुमा दिन नसकिएको गुनासो राख्नु भएको थियो ।

अभिभावकमा चेतना कमी भएको, पाठ्यक्रम परिवर्तन भएपछि पुनर्ताजगी तालिम नभएको, शिक्षक सरुवा भएर समयमा पदपुर्ति नहुँदा शिक्षण सिकाईमा समस्या भएको, शैक्षिक सामाग्री पर्याप्त नभएको, खानेपानीको समस्या भएको, शिक्षक दरवन्दी कम भएको जस्ता समस्या बिद्यालयहरुले वडाध्यक्ष दिपेश विष्ट समक्ष राखेकाथिए । समस्यालाई सतहमा ल्याएर एक अर्कालाई दोषारोपण गरेर मात्र बिद्यालयहरुको शैक्षिक सुधार हुन नसक्ने वडाध्यक्ष बिष्टले बताउनुभयो ।

ADVERTISEMENT

विद्यालयका प्रधानाध्यापकहरुलाई उपलव्ध स्रोत साधनको उच्चतम उपयोग गर्दै शैक्षिक सुधारमा लाग्न वडाध्यक्ष बिष्टले आग्रह समेत गर्नु भएको छ । वडाले शैक्षिक सुधारका निमित्त बजेट समेत ब्यवस्था गर्दे आएकोले शैक्षिक गुणस्तर वृद्धिको लागि सदैव बिद्यालयहरुलाई सहयोग गर्ने वडाध्यक्ष बिष्टको धारणा रहेको छ ।

शिक्षक तथा कर्मचारीहरुले विद्यालयमा अनिवार्य तोकिएको पोशाक लगाउनु पर्ने, शिक्षकले अनिवार्य पाठयोजना सहित कक्षामा प्रवेश गर्नुपर्ने, गृहकार्यमा अनिवार्य अभिभावकको हस्ताक्षर हुनुपर्ने, बाल शिक्षकले अनिवार्य १० देखि ४ बजेसम्म पठनपाठन गर्नुपर्ने, निवेदन दिएर शैक्षिक क्रियाकलापमा असर नपर्ने गरि विदा स्वीकृत गराउनुपर्ने लगायतका निर्णय समेत वडाले गराएको छ ।

यस वडा भित्र षडानन्द बहुमुखी क्यम्पस, अरुण मावि र षडानन्द मावि लगायतका बिद्यालयहरु सहित माध्यमिक तहसम्म पठन पाठन हुने न्युसमिट बोर्डिंङ स्कुल समेत संचालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज