भजनीका बाढी पीडितले मुख्यमन्त्रीलाई भने : चाउचाउ, चिउरा लिदैनौँ, घरका जग बनाइदिनुहोस्

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 8 mins

कैलाली । कैलालीको भजनी नगरपालिकाका बाढी पिडितहरुले राहत नलिने घोषणा गरेका छन् । राहतका नाममा चिउरा र चाउचाउ दिएर भुलाउन खोजेको भन्दै यस पटक राहत नलिने घोषणा गरेका हुन् । नगरपालिकाले वितरण गरेको पानी मात्रै लिइरहेका उनहिरुले सरकारबाट राहत नलिने बताइरहेका छन् । राहतका नाममा चाउचाउ र चिउरा दिएर बाढी तथा डुवानको दीर्घकालिन समाधानबाट सरकार पन्छिएको भन्दै उनीहरुले राहत नभई दीर्घकालिन समाधानको माग गरेका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादूर शाह, भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश धामी, भूमि, ब्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरी लगायत प्रदेशसभा सदस्य तथा अन्य नेताहरुको टोली कैलालीको बाढी प्रभावित क्षेत्रमा पुगेको थियो । बाढीबाट बढी प्रभावित भएको क्षेत्र भजनी पुगेको अनुगमन टोलीले घर डुवान परेर सडकमा बास बसिरहेका नागरिकहरुलाई सो टोलीले भेट्यो । तत्काल राहत उपलब्ध गराउने आश्वासन दिन लागेका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई उनीहरुले बिचैमा रोकेका थिए । सधैँ चाउचाउ र चिउरा दिएर अर्को बर्ष फर्किने प्रतिनिधीलाई उनिहरुले अब चाउचाउ र चिउरा नलिने भन्दै फर्किन आग्रह गरेका छन् । बर्षै प्रत्येक हुने सडकको बास अन्त्य नहुँदासम्म राहत नदिने उनिहरुको अडान छ ।
भजनी नगरपालिका वडा नम्बर ३ का छविराम पोखरेलले बर्षै प्रत्येक सरकारी तथा निजि क्षेत्रबाट आउने चाउचाउ चिउराले तत्कालको भोक मात्रै टरेको बताउनु भयो । ‘हामी प्रत्येक बर्ष कम्तिमा २ महिना सडकमै बस्छौँ’ उहाँले भन्नुभयो “प्रत्येक बर्ष सरकारी र निजि क्षेत्रबाट हामीले राहतका नाममा चाउचाउ र चिउरा पाउँछौँ त्यसले तत्कालको भोक टर्छ तर हाम्रो पिडा जस्ताको त्यस्तै रहन्छ, त्यस कारण हामी यस पटक चाउचाउ, चिउरा लिदैनौँ हाम्रा घरका बलियो अनी अग्लो जग बनाइदिनुपर्छ अनी दीर्घकालिन समस्या समाधान हुन्छ ।”

उनीहरुले अब राहत नभई स्थाई समस्या समाधानमा सरकार लाग्नुपर्नेमा जोड दिएका छन् । बर्षै प्रत्येक अनुगमनमा आउने र चाउचाउ, चिउरा दिएर जाने प्रवृती रोकेर अब स्थाई समाधान खोजिनुपर्ने तर्क गरेका छन् । बाढीबाट बढी प्रभावित हुने नागरिकका पक्की जग बनाउनुका साथै पानी निकासका लागी गुरुयाृजना बन्नुपर्नेमा उनिहरुले जोड दिएका छन् । घरभित्र बाढी पसेर करिब दुई साादेखी सडकमै बसिरहेका छौँ वडा नम्बर ३ कै धनसरा भण्डारीले भन्नुभयो “केही अन्नपात बाढीले बगाएको छ, केही डल्लपमा हालेर सडकमा ल्याउन भ्याएका छौँ, ल्याएको त्यही अन्न पकाएर खाइरहेका छौँ, यस पटक हामी सबै बाढी पिडितले सरकारबाट झारो टार्ने गरी आएका राहत सामग्री नलिने भनेका छौँ, बर्षेनी यस्तै राहत सामग्री दिने अनी राहत दिए भन्ने हाम्रा समस्या ज्युँका त्युँ रहे, त्यस कारण अब हामीलाई दीर्घकालिन समाधान चहिन्छ ।”

हुलाकी सडक बन्नुअघी यत्तिको डुवान थिएन सोही ठाउँका धनी कामीले भन्नुभयो “हुलाकी सडकले झन पानी हामीतिर थामियो बग्न पाएको छैन, यसको बिचमा ह्युम पाइप हालेर निकास गराइदिनुपर्छ, समस्या भनेको अब कि बस्ती स्थानान्तरण की घरका अग्ला जगनै हुन्, त्यसो सरकारले गरिदिए हाम्रा दुख सकिन्थे ।”

ADVERTISEMENT

भजनी नगरपालिकाले हाल सडकमा रहेका र बाढीबाट प्रभावित भएका नागरिकहरुलाई पानीको ब्यवस्था गरेको छ । राहत लिन अनुरोध गर्दा नलिने बताइरहने उनिहरुलाई ब्यवस्थापनमा समेत नगरपालिकालाई समस्या परेको छ । नगरपालिकाले स्थायी समाधानका लागी प्रदेश सरकारले जोड दिनुपर्ने बताएको छ । हामी अहिले पानी मात्रै वितरण गर्ने काम गरिरहेका छौँ भजनी नगरपालिकाका मेयर केवल चौधरीले भन्नुभयो “सबै नलहरु बाढीले डुवेका छन्, जनतालाई सबैभन्दा बढी आवश्यक पानी हो हामी पानी उपलब्ध गराउने र उद्धार गर्ने कार्य गरिरहेका छौँ, यो क्रम सधैँका बर्ष हो, बर्षाको ३ महिना हामी डुवान र कटान क्षेत्रमै रहन्छौँ, त्यस कारण अब दीर्घकालिन समस्या समाधान खोज्नुपर्छ ।” बस्ती सार्न अथवा घर बनाइदिन नगरपालिकाले सक्दैन प्रदेश र संघ सरकारले आँटे सकिन्छ उहाँले भन्नुभयो “बढी डुवान क्षेत्र भएका क्षेत्रमा अग्ला जग भएका घर बनाउन सके जनतालाई बचाउन सक्छौँ ।”

मुख्यमन्त्री कमल बहादूर शाहले डुवानको बिकल्प खोजिने बताउनु भएको छ । सबैका अग्ला जग बनाउन कति सम्भव छ हेरौँला उहाँले भन्नुभयो “पानी निकासको वातावरण बनाउने, नाला, खोला खोल्ने लगायतका काम कसरी क्षती हुनबाट जोगाउने हामी लाग्छौँ, त्यसैका लागी अनुगमनमा आएका हौँ, जनतालाई क्षती हुनबाट जोगाउने तर्फ केन्द्रित हुनेछौँ ।”

वर्षाका कारण बाढी आउँदा कैलालीका तटीय क्षेत्रमा डुबान भएको छ । डुबान हुँदा हजारौँ नागरिक प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै पनि भारी वर्षा हुने सम्भावना देखिएकाले तटीय तथा जोखिम क्षेत्रका नागरिकले सतर्क भएर बस्न स्थानीय पालिकाले आग्रह गरेका छन् । कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकाले नागरिकलाई सुरक्षित रहन सूचना गरेका छन् । बाढीबाट टिकापुर र भजनीका सयौँ परिवार विस्थापित भएका छन् । कैलालीमा बर्सेनि कर्णाली, मोहना, पथरैया, कन्द्रा, खुटिया लगायत नदीले दुःख दिने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?