दाङ । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउनु भएको छ ।
दाङ गरिएको पत्रकार भेटघाटमा महराले सुन तस्करीको प्रकरणमा आफ्नो नाम जोडिएर सञ्चार माध्यममा बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउँन तयार भएको बताउनुभयाे । ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानविनका सघाउँनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउँनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?’
उहाँले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनिया नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताउनुभयाे ।
त्यसबाहेक उनलाई आफूले नचिनेको बताउनुभयाे ।
महराले सुन प्रकरणमा आफूलाई विना कारण मुछिएको भनेर सञ्चार माध्यममा गलत प्रचार गरिएको भन्दै आपत्ती जनाउनुभयाे । उहाँले सुन तस्करीका भन्ने टोलीफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको स्पष्ट पर्नुभयाे। बरु वांङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताउनु भयाे।
‘सुनको स पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाँहा पनि भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेका हो । यो प्रकरणमा भएको यत्ति हो’ उहाँले भन्नुभयाे, ‘यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भयो ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts