गुल्मीमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर-४ कालढुङ्गा वस्ने भगवान सिं ठकुरीको २१ वर्षीय छोरा शैलेस सिं ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार साँझ ६:०० बजेको समयमा आफ्नो साथीसंग मुसिकोट नगरपालिका वडा नम्बर-३ देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गालको गोलो पोल्न जाने क्रममा अरिङ्गालले टोकी घाईते हुनुभएका ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

ADVERTISEMENT

प्रहरी नायब निरीक्षक पाण्डेका अनुसार ठकुरी अरिङ्गालले टोकी घाईते भइ घरमा आएर सुत्नुभएको थियो । मङ्गलबार बिहान ५:०० बजेको समयमा उहाँको आमा र दाईले देखेपछी उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो ।

बिहान ०८:३० बजेको समयमा घाइते ठकुरीको डा. द्वारा मृत घोषणा गरिएको छ । आवश्यक अनुसन्धानको लागी प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज