कल्पना पौडलको कथासंग्रह ‘कचहरी’ लोकार्पण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

नेपालगञ्ज । कथाकार कल्पना पौडल जिज्ञासुको कथासंग्रह ‘कचहरी’ लोकार्पण गरिएको छ । नेपालगञ्जमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश विश्वविद्यालय आयोगका सदस्य प्रा. डा. कृष्णप्रसाद घिमिरेले ‘कचहरी’को लोकार्पण गर्नुभएको हो ।

सो अवसरमा कल्पना फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा कथाकार सनत रेग्मीलाई साहित्यतर्फको ‘मनिकर्णा-टीकाराम स्मृति पुरस्कार’द्वारा सम्मान अर्पण गरिएको थियो ।

ADVERTISEMENT

त्यस्तै, समाजसेवातर्फ ‘देउकला-टीकानिधि स्मृति पुरस्कार’ मानव सेवा आश्रम, नेपालगञ्जलाई प्रदान गरिएको थियो । कार्यक्रममा सम्मानित स्रष्टा रेग्मी, प्रा. डा. घिमिरे, किरण आचार्य, खगेन्द्र गिरी ‘कोपिला’, पंकज श्रेष्ठ, मणि अर्याल, डा. इन्द्रबहादुर भण्डारी, हरि तिमिल्सिनालगायत व्यक्तिले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?