क्षेप्यास्त्र उत्पादन बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन

Read Time = 4 mins

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिनुभएको छ । किमले गत हप्ता एक महत्वपूर्ण सैन्य बैठकमा युद्धको तयार लाई तिव्रता दिन आहृवान गरेपछि शुक्रबारदेखि शनिबारसम्म यि हतियार कारखाना (प्लान्ट) हरुको भ्रमण भएको हो ।

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार किमले दुई दिनसम्म गरेको निरीक्षणमा सामरिक क्षेप्यास्त्र उत्पादन गर्ने कारखाना, ठूलो क्यालिबर कन्ट्रोल मल्टिपल रकेट लञ्चर शेलका साथै बख्तरबन्द लडाकु गाडी निर्माण गर्ने प्लान्टको भ्रमण पनि समावेश छ ।

रणनीतिक क्षेप्यास्त्र प्लान्ट फ्याक्ट्री भ्रमणका क्रममा किमले प्लान्टले उत्पादनमा उत्पन्न हुने वैज्ञानिक र प्राविधिक समस्यालाई परिपूर्ण बनाएको र हतियारको आधुनिकीकरणलाई अघि बढाएकोमा सन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

केसीएनएका अनुसार उहाँले विद्यमान क्षेप्यास्त्र उत्पादन क्षमतामा व्यापक वृद्धि गर्ने महत्वपूर्ण लक्ष्य राख्दै युद्धको तयारीलाई तीव्रता दिन कारखानाको भूमिकामाथि जोड दिनुभएको छ ।

किमले ‘गोलाबारूदको उत्पादनमा वृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ भने उहाँ आँफैले बख्तरबन्द लडाकू वाहन चलाएको तस्बीरसमेत सार्वजनिक गरिएको छ ।

ADVERTISEMENT

सरकारी रोडोङ सिनमुन पत्रिकाले सार्वजनिक गरेको तस्बिरमा किम उत्तर कोरियाले ‘हालै विकसित युटिलिटी कम्ब्याट बख्तरबन्द गाडी’को चालकको सिटमा बसिरहेको देखिनुहुन्छ ।

किमले ट्रान्सपोर्टर इरेक्टर लञ्चर उत्पादन गर्ने कारखानाको पनि निरीक्षण गर्दै मोबाइल प्लेटोर्मको विकास र उत्पादनको महत्वमा उहाँले जोड दिनुभएको थियो ।

उत्तर कोरियाली सेनासँग ‘ठूलो सैन्य बल’ हुनुपर्छ र शत्रुविरुद्ध कुनै पनि समयमा कुनै पनि युद्धको सामना गर्न पूर्ण रूपमा तयार हुनुपर्छ’, किमलाई उद्धृत गर्दै केसीएनएले उल्लेख गरेको छ । ‘यदि उनीहरूले आक्रमण गरे भने उत्तर कोरियाले उनीहरूमाथि धावा बोल्ने हैसियत रहनुपर्ने’ किमले बताएको सिनमुनले समाचारमा उल्लेख गरेको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अगस्ट २१ देखि अगष्ट ३१ सम्म हुने वार्षिक उल्ची फ्रिडम शिल्ड (युएफएस) अभ्यासको तयारी गरिरहेका बेला यो निरीक्षण गरिएको हो । रासस/एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज