बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन असोजमा हुने भएको छ ।

संघको सोमबार बसेको कार्यसमितिको बैठकले संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन आगामी असोजको १५, १६ र १७ गते गर्ने निर्णय गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी गराउनु भयो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा तथा अधिवेशनको लागि कार्यसमिति सदस्य संयोजक रहेको विभिन्न तयारी समिति गठन गरिएको छ । अधिवेशन सम्पन्न गर्नको लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डे संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ ।

साधारण सभामा पेस गर्ने प्रस्ताव लेखनको लागि प्रतिक पोखरेल संयोजक रहेको प्रस्ताव समिति, किट व्याग तथा रेजिष्ट्रसनमा प्रकाशकुमार श्रेष्ठ, सदस्यता मत सर्वेक्षणको लागि संजय कलवार जयसवाल, खना तथा जलपान समितिमा निर्मित कसजू, स्वागत तथा व्याच व्यवस्थापनमा जमुना पौडेल, निमन्त्रणा कार्ड व्यवस्थापनको लागि सुमोदमान सैंजू, हल तथा मञ्च व्यवस्थापनको लागि नरेशकुमार श्रेष्ठ संयोजक रहेको समिति गठन गरिएको हो ।

ADVERTISEMENT

त्यस्तैगरी संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मुल्यांकनको लागि संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल र उत्कृष्ट उद्योगी व्यवसायी सम्मानको लागि सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको महासचिव भट्टराईले जानकारी गराउनु भयो ।

ट्राफिक आईल्याण्ड पुनःनिर्माण गरिने

बैठकले बुटवल उद्योग वाणिज्य संघले स्वर्ण जयन्तीमा बुटवल बसपार्क अगाडि निर्माण गरिएको ट्राफिक आईल्याण्डलाई पुननिर्माण गर्ने निर्णय गरिएको छ । संघले २०६० सालमा स्वर्णजयन्ती मनाएको थियो । त्यस अवसरमा बुटवल बसपार्कबाट निस्किने र छेवैको बाटोको विचमा ट्राफिक आईल्याण्ड बनाएको थियो । अहिले यो ट्राफिक आईल्याण्ड जिर्ण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज