त्रिशुलीको बाढीले धादिङ र गोरखा जोड्ने बेनीघाट रोराङ १० को झोलुङ्गे पुलमा क्षति

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । लगातार परेको अविरल बर्षाका कारण त्रिशुली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने झोलुङ्गे पुलमा पुर्ण रुपमा क्षति पुर्याएको छ । बाढीले धादिङ र गोरखा जोड्ने बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० को झोलुङ्गे पुलमा क्षति पुगेको हो ।

२०६८ सालमा तुईन विस्थापित गरि निर्माण गरिएको उक्त झोलुङ्गे पुलमा क्षति हुँदा ९४ घरधुरि भन्दा बढी आवत जावत गर्न समस्या परेको बेनिघाट रोराङ गाउँपालिकाले जनाएको छ ।

ADVERTISEMENT

बाढीले पुलमा क्षती पुर्‍याएपछी मझिमटार स्थित शङखादेवी माध्यमिक विद्यालयको पठन पाठ्न समेत ठप्प भएको छ । बाबुराम भट्टराईको सरकार हुँदा बनेको उक्त झोलुङ्गे पुल क्षति हुँदा पुरै गाउँ आवत जावतमा समस्यामा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज