धादिङ । अविरल बर्षासंगै लेदो सहित पहिरो खसेपछि पृथ्वीराजमार्ग दुईतर्फी रुपमा अबरुद्ध भएको छ ।
हिजोदेखि परेको अविरल वर्षाका कारण धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ स्थित गाउँपालिकाको कार्यालय नजिकै माथिबाट लेदोसहित पहिरो खसी बाटो दुईतर्फी अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अहिले पहिरो पन्छाउन इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब निरीक्षकको टोलिले सडक विभागसंग समन्वय गरी बाटो दुई तर्फी खुलाउने कार्य भइरहेको छ । बाटो अबरुद्ध हुँदा सवारीसाधनको लामो लाइन लागेको छ ।






