जनश्रमदानबाट चार किलोमिटर सडक सरसफाई

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । जनश्रमदानबाट चार किलोमिटर सडकको सरसफाई गरिएको छ । भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्वर ७को अगुवाईमा सडक सरसफाई भएको हो ।

वडा कार्यालयको आयोजनामा बिगतनौ दिन देखि श्रमदानबाट सडक मर्मत, बिद्यालय सरसफाई लगायतका कार्यहरु हुदै आई रहेको वडाध्यक्ष कुमार थापाले बताउनुभयो । वडाध्यक्ष थापाले भन्नुभयो, “वडाको आह्वानमा बिगत नौ दिन देखि बिभिन्न गतिविधिहरु भई रहेका छन, स्वतः स्फुर्तरुपमा वडावासीको सहभागिता रहेको छ ।” वडाले गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम खत्रीको समेत उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

जनश्रमदानबाट शनिवार नसुवा खोलाबाट जरायोटारसम्मको ४ किलोमिटर सडक सरसफाइ कार्य सम्पन्न गरिएको छ । वडाको कार्यक्रममा स्थानीयवासी, जाप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहदै आएको छ । वडाले अभियानको तालिका नै प्रकाशन गरेर सामाजिक कार्यहरु गर्दे आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज