सिन्धुलीमा प्याराग्लाइडिङ उडान सुरू, स्थानीयलाई एक हजार छुट

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । जिल्लामा पहिलो पटक व्यवसायिक प्याराग्लाडिङ उडान सुरु भएको छ । गत सोमबार देखि प्याराग्लाडिङ उडान नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो ।

कमलामाई नगगरपालिका–६ लक्ष्मण चोक नजिकै रहेको प्रयास होटल प्रालिले र रु. दुई करोडको लगानीमा व्यवसायिक प्याराग्लाडिङ उडान संचालनमा ल्याएको कम्पनीका सञ्चालक नेत्रजंग थापाले बताउनुभयो ।

कम्पनीले एकै समयमा पाँच वटासम्म प्याराग्लाइडिङ उडाउने गरि नागरिक उड्डयन प्राधिकरणसँग इजाजत पाएको छ । पाइलट दिल कुमार सुनवार, विक्रम सुनुवार र शंकर थापा मगरले उडान भर्ने छन् । प्याराग्लाइडिङमा उड्नका लागि प्रति व्यक्ति छ हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । जिल्लाका स्थानीयबासीलाई भने एक महिनासम्मको लागि एक हजार छुट गरिएको छ ।

प्याराग्लाइडिङको उडान अवधिभरको फोटो तथा भिडियो, सिन्धुलीमाढी बजार क्षेत्रदेखि प्याराग्लाइडिङ उड्ने ठाउँसम्म र ल्याडिङ स्टेशनदेखि प्रयास होटलसम्मको ल्याउने र पुर्याउने सुविधा समेत यसै शुल्क अन्तर्गत रहेको कम्पनीका सञ्चालक थापाको भनाई छ ।

ADVERTISEMENT

प्याराग्लाइडिङको अवतरणका लागि जसेदमार, रातमाटा र धुराबजारलाई ल्याण्डिङ स्टेशन बनाएको छ । प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट ९७० मिटर उचाइमा छ । प्याराग्लाइडिङ टेक अफ साइटबाट करिब एक हजार मिटर माथिसम्म उड्नेछ । यस्तै प्याराग्लाइडिङको ल्याण्डिङ स्टेशन समुद्री सतहबाट चार सय मिटरको उचाइमा छ ।

यहाँ साहसिक खेलका रुपमा लिइने प्याराग्लाडिङ उडानको मज्जा लिन आउने पर्यटकले जिल्लाको प्राकृतिक सौन्र्दय, मनोरम वातावरण, होचाअग्ला डाँडाँपाखा र थुम्काथुम्पीका लोभलाग्दा दृष्य देख्न सक्नेछन् । यसले सिन्धुलीको प्रचारप्रचार तथा समृद्ध जिल्ला बनाउन सहयोग पुग्ने पनि विश्वास लिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?