खोटाङ । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी खोटाङले जिल्लाको विकास निर्माणको ढिलासुस्तीका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकषर्ण गराएका छन्।
बिहीबार एमाले पार्टीका उपाध्यक्ष देवविक्रम राईले प्रजिअ सन्त बहादुर सुनारलाई ध्यानाकर्षण पत्रबुझाउँदै सडक र पुलनिर्माणमा ढिलासुस्ती, दुधकोशी जलाशययुक्त आयोजनामा अपारदर्शिता तथा जिल्लाको स्थानीयतहसहित विभिन्न सरकारी कार्यालयहरुमाअनियमितता र अपारदर्शिता भएको भन्दै ध्यानाकषर्ण गराएको हो ।
एमालेले आयोजनाको नाम, निर्माण कम्पनी, सम्झौता तथा समापन मिति, बजेट र कामको प्रगति तथा अवस्थासहित ति ढिलासुस्तीमा ताकेता गर्न प्रजिअ सुनारलाई आग्रह गरेका छन् ।
एमालेले मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल-चखेवाभन्ज्याङ-१० किलोमिटर सडक कालोपत्रे, सगरमाथा राजमार्ग अन्तर्गत महुरे-सिमपानी-राजापानी-सडक कालोपत्रे, फोक्सिङटार-सिमपानी-राजापानी सडक कालोपत्रे काममा अचाक्ली ढिलासुस्ती र हुर्लुङ-जालपा (करीव ८ किलोमिटर) सडक स्तरोन्नतिमा भईरहेको ढिलासुस्तीमा प्रजिअलाई ध्यानाकषर्ण गराएका हुन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल-चखेवाभन्ज्याङ सडकखण्डको पंखुखोला पुल, धाप्लाङघाट पुल र बंशिलाघाट पुल निर्माणको ढिलासुस्ती तथा दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा अघिल्लो आर्थिक वर्षमा ९४ करोड र चालू आवमा २० करोड गरी एक अरब १४ करोड बजेट विनियोजन भएकोमा त्यसको खर्चको सार्वजनिक सुनुवाई गराउन, प्रभावितलाई अविलम्ब मुआब्जा निर्धारण गराउन तथा आयोजना स्थल पुग्ने पहुँचमार्ग निर्माणको गुणस्तर र पारदर्शिता कायम गर्न तर्फ ध्यान दिन एमालेले माग राखेको छ ।
सदरमुकाममा अवस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, कृषि ज्ञान केन्द्र, जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशु सेवा कार्यालय एवंम् जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा अनियमितता र अपारदर्शिता देखिएको एमालेको भनाई छ ।
एमालेको ध्यानाकर्षण बुझेपछि प्रजिअ सुनारले विकासमा ढिलासुस्ती र बाधक गर्नेलाई पहलकदमी गरेर नभए कानुनी कारवाही अघि बढाएरै भए पनि विकास निर्माणलाई अघि बढाउने आश्वसन दिनुभएको छ ।
प्रजिअलाई ध्यानाकर्षण पत्र बुझाउनमा एमालेबाट निर्वाचित प्रदेश ‘क’ का प्रदेश सदस्य पाँचकर्ण राई (पिके) पनि प्रशासन पुग्नु भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts