सचेतनाका लागि स्याङ्जा ट्राफिक प्रहरी गाउँ-गाउँ र स्कुल-स्कुलमा

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 5 mins

स्याङ्जा । जिल्ला ट्राफिक कार्यालय स्याङ्जा यतिबेला ट्राफिक सचेतनाका साथ गाउँगाउँ तथा विद्यालयहरुमा पुगेको छ । 'ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरी' भन्ने प्रदेशस्तरीय कार्यक्रमको कार्यान्वयनका लागि स्याङ्जा ट्राफिक प्रहरी विभिन्न पालिकाहरुमा पुगेको हो ।

यही साउन ७ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको पहिलो चरणको एक हप्ते प्रदेशस्तरीय अभियान सम्पन्न गरिसकेको ट्राफिक कार्यालय स्याङ्जाले यतिबेला जिल्लाभरि विभिन्न कार्यक्रमहरुका साथमा सचेतना फैलाइरहेको छ ।

बिरुवा गाउँपालिकाबाट प्रारम्भ भएको ट्राफिक सचेतना कार्यक्रम पुतलीबजार नगरपालिकाबाट समापन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । यस क्रममा स्याङ्जा जिल्लाका विभिन्न पालिकामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

यस अभियान अन्तर्गत ट्राफिक प्रहरीले विभिन्न ठाउँमा पुगेर सवारी चालक, सहचालक, यात्रु, विद्यार्थीहरुलाई ट्राफिक नियमहरुका बारेमा प्रशिक्षण गरिएको छ । निश्चित आधारमा नमुना सवारी छनोट गरी ती सवारी चालक सहचालकहरुलाई अस्पतालमा लगी प्रेसर तथा अन्य स्वास्थ्य जाँच गर्ने र सचेतना सम्बन्धी विषयमा जानकारी गराउने काम गरेको छ ।

चालकको स्वास्थ्य राम्रो नहुँदा पनि दुर्घटना हुने भएकाले यस सम्बन्धी सचेतना आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक प्रवीण आचार्यले बताउनुभयो।

ADVERTISEMENT

आचार्यले भन्नुभयो, 'कारबाहीभन्दा पनि सचेतनामा हाम्रो बढी प्रयास छ । दुर्घटना न्यूनीकरणका लागि कारबाहीभन्दा जानकारी दिनु आवश्यक भएकाले स्याङ्जा ट्राफिक प्रहरी गाउँगाउँ र विद्यालय विद्यालयमा पुगेको छ । ट्राफिक नियमहरु, लाइसेन्स प्रक्रिया, सवारी नवीकरण, दुर्घटनाका कारण तथा रोकथामका उपायहरुलगायतका विषयमा प्रशिक्षण दिइएको छ ।'

उहाँले स्याङ्जा जिल्लाका प्रद्युम्न पनेरु माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, भूपू सैनिक आवासीय विद्यालय, ज्योति आवासीय माध्यमिक विद्यालय, वीरेन्द्र माध्यमिक विद्यालय, शितला माध्यमिक विद्यालयलगायत ८ वटा भन्दा बढी विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो ।

साउन महिनामा मात्र १५० वटा सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन भएको उहाँले बताउनुभएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम र ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरी कार्यक्रम अन्तर्गत यस्ता साझेदारी कार्यक्रम सञ्चालन भएका हुन् ।

स्याङ्जामा ट्राफिक प्रहरीका ७ वटा पोस्ट रहेका छन् । कुनै न कुनै पोस्टबाट दैनिक एउटा कार्यक्रम भइरहेको कार्यालयले जानकारी दिएको छ । ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख आचार्यले आगामी दिनमा अझै बढी विद्यालय तथा समुदायमा पुगेर ट्राफिक नियम र सचेतना सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, 'मेरो जोड कारबाही र सजायमा होइन, सचेतना र सुधारमा छ । हाम्रो टिम सवारी दुर्घटना न्यूनीकरणका लागि सबै मानिसहरुलाई सवारी नियमसम्बन्धी आवश्यक जानकारी दिने अभियान बोकेर गाउँगाउँ तथा विद्यालय समुदायमा पुग्ने छ ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?