काठमाडौं । ब्राजिलमा विमान दुर्घटना भएको छ । चार जना चालक दलका सदस्य र ५७ यात्रु बोकेको एटीआर ७२–५०० विमान ब्राजिलको साओ पाउलो भन्ने ठाउँमा शुक्रबार दुर्घटना भएको हो ।
दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरका लागि उडेको थियो । विमान आवासीय क्षेत्रमा खसेको हो । दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको बीबीसीले जनाएको छ ।
दुर्घटनापछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले तीन दिने शोकको घोषणा गरेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts