अख्तियारद्वारा कर्णाली सरकारका तत्कालीन सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचारका मुद्दा

Read Time = 4 mins

काठमाडौं । उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रप्रसाद भारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको उजुरी परेपनि अख्तियारले अनुसन्धान गर्दा भ्रष्टाचार भएको खुलेको प्रवक्ता भोला दाहालले बताउनुभयो ।

सचिवलगायतले कर्णाली कोल्डचेन लजिस्टिक, सुर्खेतलाई बयानब्बे लाख त्रिचालीस हजार दुई सय अन्ठानब्बे रुपैया भुक्तानी गरेर भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको भनाइ छ ।

अख्तियारले राजेन्द्रप्रसाद भारी, गणेश भण्डारी, हरिप्रसाद पण्डित, हरिबहादुर थापा, भक्तिराम शर्मा, गुरु प्रसाद अधिकारी, उत्तमकुमार बस्नेत, खिमलाल वली, सुरेशकुमार थापा, उषा ठाडा, प्रकाश अधिकारी, सुवर्ण राज भारती, कलाधर उपाध्याय, लक्ष्मण कडेल, प्रवल शाही र महेश शर्मासहित १६ जनालाई प्रतिवादी बनाएको छ ।

ADVERTISEMENT

साझा भण्डारका तत्कालीन अध्यक्ष र संचालक समितिका सदस्यहरूविरुद्ध मुद्दा

यस्तै, सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–८ को क्षेत्रफल ०–२–० र बाँकेस्थित कोहलपुरको क्षेत्रफल ०–२–१७ को जग्गा कम मूल्यमा विक्री गरी आर्थिक हिनामिना गरेको आरोपमा अख्तियारले साझाका तत्कालीन अध्यक्ष जयकुमार खड्का तथा संचालक समितिका सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापालगायतका विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले अत्यन्त कम मूल्यमा जग्गा बिक्री गर्ने निर्णय गरी संस्थालाई चार करोड चार लाख २४ हजार १८१ रुपैयाँ २० पैसा रुपैयाँ हानिनोक्सानी पुर्याएको अख्तियारको ठहर छ ।

‘निजहरू जयकुमार खडका, आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने र अमर थापालाई सुर्खेत र कोहलपुर दुवै स्थानको जग्गा बिक्रीबापत संस्थालाई नोक्सानी पु¥याएको बिगो रु.४,०४,२४,१८१.२० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सोही दफा १७ ले निर्देश गरेको दफा ३ को उपदफा (१) को खण्ड–झ) बमोजिम कैद र जरिवाना गरी ऐ.को दफा १७ बमोजिम बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ ।’

यस्तै गीताकुमारी शाहीले बोलपत्रमा अरुको नाम मात्रको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरी न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई तीन लाख तीस हजार रुपैयाँ हानिनोक्सानी पु¥याएको पुष्टि भएको भन्दै सोही बमोजिम मागदाबी लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज