सप्तरी जिल्ला प्रशासन कार्यालयको उर्दी अनुमति बिना फोटो र भिडियो खिच्न नपाइने

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुमति बिना कार्यालय परिषर भित्रको फोटो तथा भिडियो नखिच्न उर्दी जारी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीद्वारा हस्ताक्षरित सूचनामा जिप्रका परिषर भित्र फोटो र भिडियो नखिच्न उर्दी जारी गरेको हो ।

जारी सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन, पत्र पत्रिकामा राखेको पाइएकोले कर्मचारीको व्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदनसिलताका कारण आदेशानुसार यो सूचना जारी गरिएको सूचनामा उल्लेख छ ।

ADVERTISEMENT

सूचनाको विपरीत गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज