गुल्मीमा आँखा पाक्ने रोगका बिरामी  बढ्दै

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीमा आँखा पाक्ने रोगका बिरामीहरु दिनप्रति दिन बढ्दै गएका छन् । पछिल्लो एक हप्तादेखि यस जिल्लामा पनि आँखा पाक्ने रोगका बिरामीहरु देखिएका जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासले जनाएको छ ।

यहाँ बालक, युवा देखि वृद्धसम्मका व्यक्तिहरुमा आँखा पाक्ने रोग देखिएको छ । पछिल्लो एकहप्ता यता यहाँ ४८९ जना आँखा पाक्ने रोगका बिरामीहरु देखिएको जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासका प्रमुख एवम् नेत्र अधिकृत सुर्यबहादुर बस्नेतले जानकारी दिनुभयो ।

तम्घासमा रहेको जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रमा आँखाको समस्या देखाउँदै दैनिक ५०र६० जना बिरामी आउने गरेका थिए । तर, अहिले संक्रमणको कारणले दैनिक १०० भन्दा बढि बिरामीहरु आँखा जाँच गराउन आउने गरेका छन् । यो संख्या दिनप्रति दिन बढ्दै जाने देखिएको छ । संक्रमणको कारणले सबैभन्दा बढि बिरामीहरु साउन २१ गते आइतबार अत्यधिक रहेको पाइएको छ ।

ADVERTISEMENT

आँखा चिलाउने, बिझाउने, आँखा सुन्निने लगायतका समस्या लिएर बिरामीहरु यहाँ आउने गरेका छन् । नियमित औषधीको प्रयोगले निको हुने भएकाले धेरै नआत्तिनुपर्ने उहाँले बताउनुभयो । आँखामा समस्या देखिए तत्काल चिकित्सकसँग सम्पर्क राख्न जरुरी रहेको उहाँको भनाइ छ ।

जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासको मातहतमा मुसिकोट नगरपालिकाको वामिटक्सार, चन्द्रकोट गाउँपालिकाको शान्तिपुर, मालिका गाउँपालिको सिमलटारी र मदाने गाउँपालिकाको पुर्कोटदहमा सञ्चालित आँखा उपचार केन्द्रमा समेत आँखा पाक्ने बिरामीहरुको संख्या बढदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज