गृहमन्त्रीले जवाफ दिने भएपछि संसद अवरोध हटाउन एमाले तयार

 उच्च स्तरीय छानविनको माग यथावत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदको अवरोध हटाउन तयार भएको छ ।

गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो ।

संसदको अवरोध हटाउनेबारे मंगलबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

प्रहरीले गरिरहेको अनुसन्धानलाई निरन्तरता दिने गरी अरु छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन प्रस्ताव गर्दा पनि सरकार तयार भएन । बरु सत्ता पक्षले गृहमन्त्री जवाफ दिन आउँदा पनि प्रमुख प्रतिपक्षले दिएन भन्ने भ्रम छर्न चिर्न एमालेले आज गृहमन्त्रीलाई संसदमा बोल्न दिने भएको एमाले सचेतक महेश बर्तौलाले बताउनु भयो ।

ADVERTISEMENT

बर्तौलाले आजको बैठकमा गृहमन्त्रीले जवाफ दिने र नेताहरूले पनि आफ्नो कुरा राख्ने बताउनु भयो । बर्तौलाले भन्नुभयो, ‘उच्चस्तरीय छानबिन समिति गठन गर्छौं भन्ने आयो भने बैठक अगाडि जान्छ । त्यसो भएन भने हामी तस्करलाई संरक्षण गर्ने सरकारको रबैयाको विरोध गर्छौं र उच्चस्तरीय छानबिनको माग गर्छौं ।’

‘सरकारको नीति जनताका बीचमा भ्रम छर्ने, प्रतिपक्षलाई शिथिल बनाएर अगाडि बढ्न खोजिरहेको छ, बैठक बसेपनि निचोड नदिने र समाधानतर्फ जान, संसदको अवरोध हटाउन सरकार तयार छैन।’

बर्तौलाले सुन तस्करको जालो तोड्न सरकारले उच्चस्तरीय छानबिन समिति बनाउने प्रतिबद्धता आउने आस गरेको तर नआएको खण्डमा मागको निरन्तरता राख्ने पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?